वर्तमान सरकार धेरै दिन टिक्दैन : माधव नेपाल
फाइल तस्बिर
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन् ।
शुक्रबार उदयपुरको गाईघाटमा कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष नेपालले निर्वाचनका बेला एउटा गठबन्धन बनेको र परिणाम आइसकेपछि अर्को अपवित्र गठबन्धन बनेको भन्दै गठबन्धनको सरकार अब धेरै दिन टिक्न नसक्ने बताएका हुन् ।
अध्यक्ष नेपालले गठबन्धन कै नेताहरूले गठबन्धन लामो समय नटिक्ने बताएको जिकिर गरे । उनले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेकाले यो कुनै पनि बेला जतापनि मोडिन सक्ने स्थितिमा रहेको बताए । नेपालको राजनैतिक आकाशमा अहिले कालो बादल मडारिरहेकाले संघीयता र संविधानमाथि नै खतरा रहेको उनले बताए ।
अध्यक्ष नेपाल मोरङ जिल्लाको लेटाङमा शनिबारदेखि सुरु हुने १ नम्बर प्रदेश स्तरीय साताव्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि मदन भण्डारी राजमार्ग हुँदै मोरङ जाने क्रममा गाईघाटमा पुगेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया