स्ववियू निर्वाचनको तयारीमा जुट्न अनेरास्ववियूलाई एमाले अध्यक्ष ओलीको निर्देशन
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पाटी निकट विद्यार्थी संगठन अनेरास्ववियूलाई निर्देशन दिएका छन् ।
अनेरास्ववियूको नवनिर्वाचित केन्द्रीय कमिटीलाई शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शपथग्रहण गराउने क्रममा उनले तत्काल स्ववियू निर्वाचनको तयारीमा जुटनुपर्ने अवस्था रहेको बताएका हुन् । स्ववियू निर्वाचन आगामी चैत्र ५ गते हुँदैछ । सो निर्वाचनका लागि आजैबाट अनेरास्ववियूले काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।
उनले स्ववियू निर्वाचनमा टिक्न नसकेकै कारण नेविसंघको जन्म भएको उल्लेख गर्दै उसलाई परास्त गर्ने गरी अन्य संगठनहरूसँगको सहकार्यलाई अघि बढाउन पनि अनेरास्ववियू सफल हुने विश्वास व्यक्त गरे ।
ओलीले अनेरास्ववियूका नेताहरूलाई अहंकार नलिई काम गर्न पनि आग्रह गरे । अहंकार र दम्भले आफैँ सकिने भएकाले अनेरास्ववियूका नेता, कार्यकर्ताहरूले त्यस्ता खालको गतिविधि गर्न नहुने उनले बताए ।
अनेरास्ववियूको हालै सम्पन्न २३ औं राष्ट्रिय महाधिवेशनले समिक बडालको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया