दुई/चार जना मान्छे देख्यो भने ज्ञानेन्द्रजीलाई पुरानो झल्कोले जोस्याउँछ, अरु केही होइन : ओली
काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पहिलेकै झल्को आइरहेको टिप्पणी गरेका छन् । आइतबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले वरिपरि दुई/चार जना मान्छे देखेर ज्ञानेन्द्र हौसिएको टिप्पणी गरे । पूर्वराजा ज्ञानेन्द्रले शनिबार अब मौन बस्न नसक्ने भन्दै दलहरूलाई सहकार्यका लागि आह्वान गरेका थिए । उनले राजनीतिक दलहरुसँग राजसंस्थासँग सहकार्यका लागि प्रस्ताव गरेका थिए ।
'ज्ञानेद्रजी आफै अलमलमा हुनुहुन्छ । अझै पनि पुरानो झल्को छ उहाँलाई आइराख्छ,' ज्ञानेन्द्रलाई जवाफ फर्काउँदै ओलीले भने, 'त्यो झल्काले दुई/चार जना मान्छे देख्यो भने अलअलि जोस्याउँछ । त्यतिमात्रै हो । अरु केही होइन ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया