दल

वर्तमान सरकार नागरिकको विचार अभिवृद्धिको सम्मान गर्छ : प्रधानमन्त्री

इकागज |
फागुन ७, २०७९ आइतबार १४:४७ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन् ।

आइतबार राष्ट्रिय समाचार समिति (रासस) को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे ।


प्रधानमन्त्री दाहालले विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी नेपालका सञ्चार माध्यमले पनि सञ्चार माध्यमहरूलाई समय र युग सुहाउँदो रूपमा थप अद्यावधिक गर्न आवश्यक रहेको बताए । सञ्चार माध्यमले आफ्ना सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको उनकाे तर्क थियाे । उनले कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु भएको उल्लेख गर्दै लोकतान्त्रिक शासन प्रणाली भए मात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको बताए । 

‘अब सूचना प्रविधि भन्दा बाहिर कुनै विषय र मुद्दा छैन । आजको २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको छ । विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी हामीले पनि आफ्ना सञ्चारमाध्यमलाई समय र युग सुहाउँदो रूपमा थप अद्यावधिक गर्न आवश्यक छ । जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्छ,' उनले भने, 'वर्तमान सरकार नागरिकको विचार अभिवृद्धिको सम्मान गर्छ । पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ छ । सरकारको यो मान्यतालाई रासस जस्ता समाचार प्रदायक संस्थाहरूले सम्मान र विस्तार गर्नुपर्छ । जहाँ लोकतान्त्रिक शासन प्रणाली छ, त्यहाँमात्र प्रेस स्वतन्त्रता सम्भव छ ।’

प्रधानमन्त्री दाहालले पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकासलई लिएर चौथो औद्योगिक क्रान्तिका रूपमा संश्लेषण गर्न थालेको बताए । 


Author

थप समाचार
x