एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्छ : माधव नेपाल
फाइल फोटो
काठमाडौँ - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सत्तारुढ गठबन्धनको टुंगो लाग्ने बताएका छन् ।
कीर्तिपुरमा आफ्नो पार्टीनिकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको चुनावबाट सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको १३ फागुनमा मनोनयन रहेको छ । यसलाई इंगित गर्दै उनले एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताएका हुन् ।
संविधान विरोधीदेखि संविधानका पक्षपाती शक्तिहरू रहेकाले गठबन्धन लामो नटिक्ने उनको दाबी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया