दल

देउवाको दौडधुप : एकै दिन माधव, उपेन्द्र र महन्थलाई भेटेपछि प्रधानमन्त्री प्रचण्डसँग वार्ता

इकागज |
फागुन ११, २०७९ बिहीबार ६:४९ बजे

फाइल तस्बिर

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ भएको भेटका क्रममा आगामी राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले फागुन १३ गते राष्ट्रपति पदको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले भेटघाटलाई भने तीव्र बनाएका छन् । 


सभापति देउवाले प्रधानमन्त्री दाहाललाई भेट्नुअघि आफ्नै निवासमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग भेट गरेका थिए ।

राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरूले आ–आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् । राष्ट्रपतिको निर्वाचनलाई लिएर आजै प्रधानमन्त्री र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो । 

कांग्रेस सभापति देउवाले हिजै लोसपा, जसपा र समाजवादीका नेताहरूसँग भेट गरेका थिए । 

 


Author

थप समाचार
x