राष्ट्रपति निर्वाचनमा माओवादीले धोका नदिने ओलीको विश्वास
फाइल तस्बिर
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका नदिने विश्वास व्यक्त गरेका छन् । बिहीबार बालकोटमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले प्रचण्डले एमालेसँग पुस १० गते नै सम्झौता गरिरहेको भन्दै अरुलाई माओवादीले समर्थन नगर्ने दारेका हुन् ।
ओलीले एमालेसँग सहमति भइसकेको अवस्थामा माओवादीले अरुसँग सम्झौता गर्न नमिल्ने जिकिर गरे । पुरानो गठबन्धन ब्युताउने चर्चा भइरहेका बेला ओली भने सत्ता गठबन्धन नभत्किनेमा विश्वस्त देखिएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया