चक्रपथ विस्तारको काम तीव्र रूपले अघि बढ्छ : मन्त्री श्रेष्ठ
फाइल तस्बिर
काठमाडौँ- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको काम तीव्र रूपले अघि बढ्ने बताएका छन् ।
बिहीबार चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत कलङ्कीदेखि बसुन्धारा क्षेत्रको स्थलगत अनुगमनका क्रममा मन्त्री श्रेष्ठले विस्तारका क्रममा देखिएका समस्याको समाधान भइसकेकाले अब तीव्र रूपले काम अघि बढ्ने बताएका हुन् । सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने उनको भनाइ छ ।
उनले सडकमा रहेका बिजुलीका खम्बा र केही संरचनाहरू हटाउने काम भएको जानकारी दिए ।
अनुगमनका क्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायत सहभागी थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया