दल

जसपालाई उपराष्ट्रपति दिने विषयमा माओवादी केन्द्र सकारात्मक : अध्यक्ष यादव

इकागज |
फागुन ११, २०७९ बिहीबार १८:७ बजे

फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक भएको बताएका छन् ।

बिहीबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । छलफलका क्रममा आफूहरूले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सरकारको विषयमा धारणा राखेको उनले बताए ।


प्रधानमन्त्री दाहाल जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको उनकाे भनाइ छ । उनले आगामी दिनमा सरकारको विषयमा पनि छलफल हुने बताए । 

अध्यक्ष यादवले प्रधानमन्त्री दाहालले जुनसुकै काम गर्दा पनि नेपाली कांग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गरेको उल्लेख गरे । दाहालले आगामी दिनमा कांग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिएको उनको भनाइ छ ।

साँझमा पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूसहितका नेताहरू छलफलमा जुट्ने उनले जानकारी दिए ।


Author

थप समाचार
x