दल

सबैको सहमतिको राष्ट्रपति भए देशको स्वाधीनताको रक्षा हुन्छ : महासचिव गुरुङ

इकागज |
फागुन ११, २०७९ बिहीबार १९:३२ बजे

भक्तपुर- नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सबैको सहमतिमा राष्ट्रपति निर्वाचित गराउन सके देशको स्वाधीनताको रक्षा हुने बताएका छन् ।

बिहीबार रफत सञ्चार क्लवले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव गुरुङले सहमतिमा राष्ट्रपति निर्वाचित गराउँदा देशको स्वाधीनताको रक्षा हुने बताएका हुन् । उनले देशको स्वाधीनताको रक्षाका लागि राष्ट्रपतिका निम्ति सबै दलले समर्थन गर्नेखालको पात्र हुनुपर्ने जिकिर गरे ।


नेपाल शक्ति केन्द्रहरूको इपिसेन्टर बन्दै गरेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा दलहरूका बीचमा आपसी सहमति सहकार्य हुनुपर्नेमा जोड दिए । राष्ट्रपतिलाई साझा बनाउन सकेमा राष्ट्रियताको सम्वर्द्धन हुने उनको भनाइ छ ।

उनले राष्ट्रपति निर्वाचनको विषयलाई गठबन्धनसँग जोडेर हेर्नु नहुने बताए । महासचिव गुरुङले राष्ट्रपतिको साझा उम्मेदवार बनाउने विषयमा दलहरूका बीचमा निरन्तर छलफल भइरहेको बताए ।


Author

थप समाचार
x