तीन दलको संयुक्त बैठकपछि प्रधानमन्त्री दाहालले भने : छलफल चलिरहेकाे छ, भोलि ओलीसँग भेट्छु
काठमाडौँ- फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न बसेकाे नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टीकाे बैठकले एमालेसँग शुक्रबार छलफल गरेपछि मात्रै अन्तिम निर्णय गर्ने बताएकाे छ ।
बिहीबार साँझ छलफल सकेर बाहिर निस्किँदा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले छलफल चलिरहेकाे बताए । साथै उनले भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल गर्ने बताए ।
बिहीबार दिउँसो नै प्रधानमन्त्री पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । उक्त बैठकपछि तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको हो ।
एकीकृत समाजवादीले राष्ट्रपतिका लागि दाबी गर्दै आएको छ भने जसपाले उपराष्ट्रपतिका लागि दाबी गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया