दल

बालुवाटारमा चार दलका शीर्ष नेताको बैठक जारी

इकागज |
फागुन १२, २०७९ शुक्रबार ९:५२ बजे

काठमाडौँ- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बैठक वालुवाटारमा जारी छ । राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरूबीच रस्साकस्सी भइरहेको बेला प्रधानमन्त्री निवास वालुवाटारमा चार दलको बैठक बसेको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीकाअध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेतृत्वको उपस्थिति रहेको छ ।


नेकपा एसले अध्यक्ष माधवकुमार नेपाललाई भावी राष्ट्रपतिका रुपमा अघि सारेको छ भने कांग्रेसले पनि सो पद आफनो पार्टीलाई दिनु पर्ने भन्दै अन्य दलसँग सहमति खोज्ने प्रयास गरिरहेका बेला चार दलका शीर्ष नेताहरूको बैठक सुरु भएको हो । 


Author

थप समाचार
x