एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ : केपी ओली
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् ।
शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले शनिबार एमालेले राष्ट्रपतिमा मनोनयन गराउने बताएका हुन् । ओलीले सत्ता गठबन्धनमा पुष १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जिकिर गरे ।
उनले अरु घटनाक्रमका विषयमा आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया