दल

डा महतकाे दाबी : राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहन्छ

इकागज |
फागुन १२, २०७९ शुक्रबार १५:२९ बजे

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने दाबी गरेका छन् ।

शुक्रबार संसद भवकन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले राष्ट्रपति निर्वाचनका विषयमा सबै दलहरूसँग सकारात्मक रूपमा छलफल भइरहेको र कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने दाबी गरेका हुन् । राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्दा सरकारमाथि कुनै समस्या आए त्यसपछि कांग्रेसले साथ दिने उनको भनाइ छ ।


प्रवक्ता महतले एकीकृत समाजवादीसँग लामो समय सहकार्य गरेको अवस्थामा कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे । यसअघि राष्ट्रपति पदको दुरुपयोग भएको अवस्थामा अब कांग्रेसका तर्फबाट नै राष्ट्रपति भए संविधानको रक्षा हुने उनको भनाइ छ ।​

उनले अरु विषयमा समाजवादीसँग सहकार्य गर्दै आगामी दिनमा अवसर दिनका लागि कांग्रेस तयार रहेको जिकिर गरे ।


Author

थप समाचार
x