दल

राष्ट्रपति देशको अनुहार हो, सहमति कायम गरौँ : मन्त्री खान

इकागज |
फागुन १२, २०७९ शुक्रबार १८:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- खानेपानी मन्त्री अब्दुल खानले आफूहरू राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा रहेको बताएका छन् ।

जनमत पार्टीको वरिष्ठ उपाध्यक्ष समेत रहेका मन्त्री खानले शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो पार्टी राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका हुन् । उनले राष्ट्रपति देशको अनुहार भएको भन्दै त्यसमा विवाद गर्नु नहुने जिकिर गरे ।


राष्ट्रपतिमा सहमति गर्नुपर्नेमा आफूहरूको जोड रहेको उनको भनाइ छ ।

मन्त्री खानले राष्ट्रपति निर्वाचनको सन्दर्भमा ठूला राजनीतिक दलहरूले आफूहरूसँग कुनै छलफल नगरेका बताए ।


Author

थप समाचार
x