एमाले उपमहासचिव ज्ञवालीले भने : प्रधानमन्त्रीले मुलुकलाई अस्थिरतातर्फ धकेल्नुभयो
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ता गठबन्धन तोडेर मुलुकलाई अनन्त अस्थिरतातर्फ धकेलेको बताएका छन् ।
माओवादी केन्द्रसहितका ८ दलले नेपाली कांग्रेसकाे उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गरेपछि उनले यस्ताे बताएका हुन् । यो राजनीतिलाई अनन्त अस्थिरतातर्फ धकेल्ने निर्णय उहाँले गर्नुभयाे ।'
आठ राजनीतिक दलका पछिल्लो निर्णयले देशलाई अस्थिरतातर्फ धकेलेको ज्ञवालीकाे भनाइ छ । उनले जुन कोर्समा देशअघि बढ्न खोजेको थियो त्यसलाई जनताले नै राम्रो मानेकाे लदाबी गरे ।
उनले मुलुकलाई फेरि अस्थिरता अन्यौल सत्ताको लुछाचुडी र भागबण्डामा लैजाने र बिस्तारै लोकतान्त्रमाथि नै वितृष्णा बढाउन दिशातर्फ जाने निर्णय प्रधानमन्त्री दाहालले आराेप समेत लगाए ।
कांग्रेसकाे उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने आठ दलभित्र नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँ र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी भएका थिए ।
निर्वाचन आयोगले शनिबार राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ ।
आज बिहान बसेको कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको शीर्ष नेताहरूको बैठकले पुरानो गठबन्धन ब्युँताउने सहमति गरेको थियो । नेकपा एमालेले पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आइरहेको थियो । तर, प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया