दल

आठ दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

इकागज |
फागुन १२, २०७९ शुक्रबार २०:३७ बजे

काठमाडौं- नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारमा सहभागी हुन ८ दलका नेतालाई अनुरोध गरेका छन् । 

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनको नयाँ सरकारमा सहभागी हुनका लागि अनुरोध गरेका हुन् ।


‘अब तपाईंहरू सबै सर्वदलीय सरकारमा सहभागी हुनु पर्‍यो भन्ने प्रधानमन्त्रीको भनाइ थियो,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले भने ।

उनका अनुसार २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा पछि नयाँ मन्त्रिमण्डल गठन हुनेछ ।


Author

थप समाचार
x