गोकुल बास्कोटाको टिप्पणी : वामपन्थी सहकार्य समाप्त भयो
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले रंग फेर्ने प्रतियोगितामा छेपारोले पुष्पकमल दाहाल प्रचण्डसँग हार्ने टिप्पणी गरेका छन् ।
एमालेसँग सहमति तोडेर राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिए पछि एमाले नेता बास्कोटाले सो टिप्पणी गरेका हुन् ।
‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगिता भए पनि छेपारो नै हार्छ,’ बाँस्कोटले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ । अब सरकारमा कथित वामपन्थी सहकार्य समाप्त भयो ।’
एमालेसँग १० पुसमा भएको सहमति तोडेर अघि बढेका प्रचण्डप्रति आक्रोशित बास्कोटाले एमालेले अब आफनै लयमा हिड्नुपर्ने पनि बताएका छन् । ‘एमाले आफ्नै लयमा अघि बढ्नुपर्छ । उत्साह र आशा दुवै थिएन न त एमाले निराश हुनुपर्ने कारण छ ।’
उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ।उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 24, 2023
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया