सरकार र राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्न एमाले सचिवालय बैठक सुरु
काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो ।
सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेपछि एमालेको सचिवालय बैठक बस्न लागेको हो ।
एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकबाट सरकारको भविष्यबारेमा नयाँ निर्णय लिइनेछ । त्यस्तै राष्ट्रपति पदका लागि उम्मेदवारी दिने या नदिने भन्ने विषयमा बैठकले निर्णय गर्ने बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया