दल

राप्रपाका मन्त्रीहरूले आजै राजीनामा दिने

इकागज |
फागुन १३, २०७९ शनिबार १०:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बिहान बोलाएको राप्रपाको आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

केन्द्रीय सरकार र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको राप्रपाका नेता धवलशम्शेर राणाले इकागजलाई बताए । उनका अनुसार संघ र प्रदेशका मन्त्रीहरूलाई आजै फिर्ता बोलाउने उनले बताए ।


पार्टीको निर्णयअनुसार संघ र प्रदेशका मन्त्रीहरूले आज राजीनामा दिने राप्रपाका महामन्त्री शरदराज पाठकले इकागजलाई बताए ।


Author

थप समाचार
x