राष्ट्रपति उम्मेदवारी दर्ता गराउन निस्केका पौडेलले भने, ‘संविधानको रक्षा गर्ने चुनौती आयो’
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रपतिका लागि उम्मेदवार तय भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा गर्ने चुनौती पाएको बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णय भएलगत्तै राष्ट्रपतिका उम्मेदवार बनेका पौडेलले सो प्रतिक्रिया दिएका हुन् ।
‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने चुनौति मलाई आउन लागेको छ,’ उनले बैठकपछि भने, ‘सबै पार्टीका सबै साथीहरूको अपार स्नेह र माया पाएको छु,’ उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने । उनी आफ्नो उम्मेदवार दर्ता गराउनका लागि सानेपाबाट निस्केका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया