दल

एमाले केन्द्रीय सदस्यबाट दुर्गा प्रसाईं बर्खास्त

इकागज |
फागुन १३, २०७९ शनिबार ११:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंंलाई बर्खास्त गरेको छ । 

च्यासल ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईंलाई बर्खास्त गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बाले जानकारी दिए । 


केही हप्ताअघि पार्टीको नीति र उदेश्य विपरित झापामा पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभियान सुरुवात घोषणा गरेको दुई सातापछि प्रसाईंलाई बर्खास्त भएका हुन् ।

राजतन्त्र र हिन्दु राज्यको वकालत गर्दै देशब्यापी अभियान सुरू गरेपछि गत साता एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । सो सिफारिस अनुसार आज प्रसाईंलाई बर्खास्त गरिएको हो ।


Author

थप समाचार
x