राष्ट्रपति निर्वाचन : रास्वपा पर्ख र हेरको स्थितिमा
फाइल फाेटाे
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने विषयमा तत्काल निर्णय नगर्ने भएको छ ।
पार्टीका महामन्त्री एवम् प्रवत्ता मुकल ढकालले उपयुक्त समय हेरेर मात्रै राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिने बताए । ‘हामीले अहिले यस विषयमा तत्काल कुनै पनि निर्णय गरेका छैनौँ,’ उनले भने ।
रास्वपा निर्णायक अवस्थामा नरहेकाले पनि तत्काल निर्णयका लागि हतार नगरेको महामन्त्री ढाकालले बताए । ‘राष्ट्रपतिको विषयमा हामी निर्णायक अवस्थामा छैनौँ,’ प्रवत्ता ढकालले भने, ‘उपयुक्त समयमा हामी निर्णय लिनेछौँ ।’
पार्टी सभापति रवि लामिछानेको सांसद पद अदालतले खारेज गरेपछि रास्वपा वर्तमान सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने उसले कायमै राखेको छ । यसबारे पनि पार्टीले कुनै निर्णय लिएकाे छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया