दल

दिपकप्रकाश भट्ट एमाले अर्थ विभागमा मनोनीत

इकागज |
फागुन १३, २०७९ शनिबार १४:३८ बजे

काठमाडौं- नेकपा एमालेले केन्द्रीय अर्थ तथा योजना विभागमा दीपकप्रकाश भट्टलाई मनोनीत गरेको छ ।

च्यासल, ललितपुरमा बसेको केन्द्रीय सचिवालयको १६ औ बैठकले भट्टलाई अर्थ विभागमा मनोनीत गर्ने निर्णय गरेको प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई हटाउने पनि निर्णय बैठकले गरेको छ।


सो बैठकले २५ फागुनमा हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय सोही बैठकले लिएको हो ।


 


Author

थप समाचार
x