दल

नेम्वाङलाई समर्थन गर्न नेकपा एसलाई एमालेको पत्र

इकागज |
फागुन १३, २०७९ शनिबार १६:४२ बजे

काठमाडौं- नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्न नेकपा (एकीकृत समाजवादी)लाई पत्राचार गरेको छ ।

एमाले संसदीय दलको बैठकवाट नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय लिएको केही घन्टामा नेकपा एसलाई नेकपा एमालेले पत्राचार गरको हो ।


नेम्वाङलाई समर्थन दिन संसद्‍मा रहेका राजनीतिक दलहरूलाई पत्राचार गर्ने निर्णय सो बैठकले गरेको थियो । सोही अनुसार पत्राचार गरिएको एमालेले जनाएको छ ।


Author

थप समाचार
x