दल

अब प्रदेश सरकार झनै बलियो हुन्छ : अध्यक्ष यादव

इकागज |
फागुन १३, २०७९ शनिबार १७:० बजे

फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताएका छन् ।

शनिबार जनकपुर पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेकाले सहमति अनुसार नै अब अघि बढ्ने उल्लेख गरे । उनले प्रदेश सरकार आगामी दिनमा श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरू प्रदेश सरकारले नै परिचालन गर्ने गरी अघि बढ्ने दाबी गरे ।


उनले भने, 'कांग्रेसले राष्ट्रपति र हामीले उपराष्ट्रपति पाउने सहमति भएको छ । प्रदेश सरकार आउने दिनमा झनै बलियो हुन्छ, श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरू प्रदेश सरकारले नै परिचालन गर्ने गरी अघि बढ्छ ।’

अध्यक्ष यादवले सत्ता गठबन्धनले मधेस प्रदेशमा कुनै समस्या नआउने दाबी गरे ।


Author

थप समाचार
x