चितवन-२ उपनिर्वाचन : टिकट दिने जिम्मा रविलाई
फाइल तस्बिर
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उपनिर्वाचनका लागि मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार सभापति लामिछानेलाई दिएको हो ।
बैठकले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने र दर्ताको निवेदन दिन आवश्यक पर्ने मूल निवेदनहरूमा सभापति लामिछानेले हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
नागरिकता विवादमा दोषी ठहर भएपछि रविको सांसद पद गुमेको थियो । उनले पुन: नागरिकता लिइसकेका छन् ।
लामिछाने गत मंसिरमा सम्पन्न निर्वाचनमा चितवन २ बाट विजयी भएका थिए । लामिछानेले पुन: उपनिर्वाचनमा उम्मेदवार हुने तयारी गरेका छन् ।
लामिछानेले फेरि पनि रास्वपाबाट आफू नै उम्मेदवार हुने र विगतका भन्दा अझ बढी मतान्तरमा चुनाव जित्ने दाबी गर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया