रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने
फाइल तस्बिर
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
बैठकले उपयुक्त समय नआउन्जेलसम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिइ नसकेको स्पष्ट पारे ।
सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेको बताए ।
गत माघ २२ गते रास्वपा सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिए पनि रास्वपाले समर्थन भने कायमै राखेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया