दल

एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि सरकार जोखिममा पर्दैन : कांग्रेस नेता निधि

इकागज |
फागुन १६, २०७९ मंगलबार १८:४ बजे

सप्तरी- कांग्रेस नेता विमलेन्द्र निधिले एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने भएकाले सरकार जोखिममा नपरेको बताएका छन् । 

नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमिति एवं सदस्यहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई समर्थन गर्ने दलहरूको संख्या बढ्दै गएको बताए । 


९ वटा दलले समर्थन गरिसकेकाले कांग्रेस नेता पौडेल राष्ट्रपतिमा बन्नेमा ढुक्क रहेको उनको भनाइ छ । 

पञ्चायतकालमा पञ्चायतविरुद्धमा समाचार लेख्दा आक्रमण हुने गरेको स्मरण गर्दै उनले सरकार र जनताको बीचको संवाद पुर्‍याउने काम पत्रकारले नै गर्दै आएको बताए ।


Author

थप समाचार
x