दल

नेकपा एसको सचिवालय बैठक सुरु

इकागज |
फागुन १७, २०७९ बुधबार १४:१३ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का सचिवालय बैठक सुरु भएको छ । राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो । 

बैठकमा राष्ट्रपतिमा काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्नेगरी काँग्रेससहित ८ दलीय गठबन्धनमा आबद्ध भएको सो पार्टीले बैठकमा सरकारमा सहभागिताका लागि आफ्नो हिस्सेदारीको विषयमा पनि छलफल हुने बताइएको छ । 


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारमा एमालेको सहभागिता पनि हुन आवश्यक रहेको धारणा राख्दै आएका छन् । 


Author

थप समाचार
x