दल

गणतन्त्रका संवाहक शक्ति नसच्चिए दुर्घटना : कमल थापा

इकागज |
फागुन १७, २०७९ बुधबार १७:९ बजे

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला भनिने नेताहरूले गरिरहेको राष्ट्रदोहन र नीतिगत भ्रष्टाचारमा भएको संलग्नताबारे तीब्र रोष प्रकट गरेका छन् ।

'पूर्व राष्ट्रप्रमुख र पूर्व प्रधानमन्त्रीहरू नै आर्थिक सहायताको नाममा नीतिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण हो,' थापाले भने । आज काठमाडौंमा पार्टी आबद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल व्यवस्थाले गर्दा गणतन्त्र कै विकल्प खोजी गर्दै जनता सडकमा आउन बाध्य हुने तर्क गरे ।


थापाले मुलुकको अवस्था अत्यन्तै नाजुक भएका कारण देशको अवस्थाले गर्दा व्यवस्था परिवर्तन हुनसक्ने भन्दै गणतन्त्रका संवाहक हौं भन्नेहरू नसच्चिए दुर्घटना अवश्यम्भावी भएको दाबी गरे ।

गरिब जनता सिटामोल खान सक्ने अबस्थामा छैनन् , ठूला नेताहरू ब्रम्हलुटमा लिप्त छन्  । भ्रष्टाचार र संघीयताको भारले मुलुक कङ्गाल भएको भन्दै थापाले देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका प्रभावहीन बन्दै जानु व्यवस्था​ नै असफल उन्मुख हुनु हो भन्ने टिप्पणी गरे । उनले नेता, कार्यकर्ताहरूलाई अब सडक संघर्षका लागि तयारीमा लाग्न निर्देशन दिए । 

कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला लगायत जनवर्गीय संगठनका अध्यक्षहरूले बोलेका थिए ।


Author

थप समाचार
x