दल

राष्ट्रपति निर्वाचन

आठ दलीय गठबन्धनले आज सांसदहरूलाई प्रशिक्षण दिने

इकागज |
फागुन १८, २०७९ बिहीबार ८:२ बजे

फाइल तस्बिर

काठमाडौं - राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा आठ दलीय गठबन्धनले आज सांसदहरूलाई प्रशिक्षण दिने भएको छ । नेपाली काङ्ग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन गरेका दलका सांसदहरूलाई आज गठबन्धनले प्रशिक्षण दिने भएको हो । 

आज दिउँसो १ बजे हुने कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरूलाई बोलाइएको छ । कार्यक्रममा आठ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । 


नयाँ बानेश्वर तीनकुनेस्थित रोयल ब्यांक्वेटमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू का लागि अभिमुखीकरण कार्यक्रम अभिमुखीकरण कार्यक्रममा सहभागी हुनेछन् । 

राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल साझा उमेदवार छन् । नेकपा एमालेले सुवास नेम्वाङलाई उठाएको छ । 

राष्ट्रपति निर्वाचन फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदै छ । 


Author

थप समाचार
x