दल

रामचन्द्र पौडेलको जित निश्चित छ : प्रदीप पौडेल

इकागज |
फागुन १८, २०७९ बिहीबार १६:३९ बजे

फाइल तस्बिर

काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली ८ दलीय गठबन्धनमा कांग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको ८ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा मत माग्नका लागि यो कार्यक्रम गरिएको पनि उल्लेख गरे ।


उनले अभिमुखीकरण कार्यक्रममा ८ दलका शीर्ष नेताहरूले आफ्ना सांसदहरूलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको उल्लेख गरे । उम्मेदवार पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ड राख्दै संविधानको संरक्षकका रूपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा विश्वस्त रहेको बताए ।

सांसद पौडेलले राष्ट्रपति पद देशको अभिभावकका रूपमा र संविधानको संरक्षकका रूपमा राष्ट्रपति रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भूमिका खेल्न नहुने बताए ।


Author

थप समाचार
x