दल

राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध बनाएर जान आवश्यक : अध्यक्ष नेपाल

इकागज |
फागुन १८, २०७९ बिहीबार १६:४५ बजे

फाइल तस्बिर

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्द्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ८ दलीय सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरूको बारेमा प्रष्टताको आवश्यक्ता रहेको उल्लेख गरे ।


संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने उनकाे भनाइ छ । उनले राष्ट्रका सामु अनेकन चुनौतीहरू आइरहेको उल्लेख गर्दै यसलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध बनाएर जान आवश्यक भएको बताए ।

अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवहरूलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास गरे ।


Author

थप समाचार
x