आगामी कार्यक्रमको खाका बनाउन राप्रपाले गठन गर्याे समिति
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउन वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय निर्देशन समिति बैठकले दुई महिनाभित्र पार्टीको रणनीति, कार्यनीति र कार्यक्रम खाका बनाई पेस गर्ने गरी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यस्तै आन्तरिक विवाद तथा निष्क्रिय रहेका जिल्लाहरूको समस्या समाधानबारे छानबिन गरी १५ दिनभित्र सुझाव पेस गर्नेग री केन्द्रीय सल्लाहकार समिति अध्यक्ष निरन्जन थापालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया