दल

राष्ट्रपति/उपराष्ट्रपतिकाे निर्वाचनपछि मन्त्रिमण्डल विस्तार : महासचिव गुरुङ

इकागज |
फागुन १९, २०७९ शुक्रबार २२:० बजे

कास्की- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताएका छन् ।

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागू भइसकेकाले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पूर्णता दिन अप्ठ्यारो भएकाले आगामी चैत ५ गतेपछि मात्र प्रक्रिया सुरु हुने बताए ।


पोखरामा आज प्रदेशसभा सदस्यको अभिमुखीकरण कार्यक्रममा उनले राष्ट्रिय स्वाधीनता र देशमा अर्थतन्त्रमा देखिएको सङ्कटलगायतका समस्या समाधान गर्न न्यूनतम सहकार्य अनिवार्य रहेको उल्लेख गरे ।

उनले भने, 'देशमा विद्यमान समस्या समाधान गर्न दलबीच सहकार्य हुनुपर्दछ । अहिले सबै दललाई जुटाउन प्रयास गरेपनि जुट्न सकेन, एमाले र राप्रपा सहमत नहुँदा सरकारबाट बाहिरिएका छन् । यस अवस्थामा आठ दल बसेर सहकार्य गर्दै अघि बढ्ने सैद्धान्तिक सहमति भएको छ ।'

महासचिव गुरुङले आगामी राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनपर्यन्त सुरुआतदेखि अहिलेसम्म लोकतन्त्रको रक्षा र मुलुकको परिर्वतनका लागि लागि परेको उल्लेख गरे ।

फागुन २५ गतेको निर्वाचनमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित रहेको गुरुङको भनाइ छ ।


Author

थप समाचार
x