दल

आन्तरिक संगठनभित्रै मारपिट हुनु दुखद् : शेखर कोइराला

इकागज |
फागुन २१, २०७९ आइतबार १०:५६ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्तरिक संगठनभित्रै मारपिट हुनु दुखद् भएको बताएका छन् । नेविसंघको संस्थापन र ईतरबीचको झगडामा घाइते भई स्टार हस्पिटल सानेपामा उपचार गराइरहेका नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाललाई भेट्न पुगेका नेता कोइरालाले संगठनभित्र अराजकता बढेको प्रतिक्रियासमेत दिए।

कोइरालाले मारपिटमा संलग्न दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउनु पर्ने र पार्टी संगठनभित्र गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको बताए। "पार्टीमा रहेका जो कोही पनि अनुशासनको दायरामा बस्नैपर्छ,' उनले भने।


घाइते रिमाल शेखर पक्षका हुन्। वार्ताका लागि बोलाएर आफूहरूमाथि नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले आक्रमण गराएको शेखर पक्षीय नेविसंघले दाबी गरेको छ।


Author

थप समाचार
x