दल

वामपन्थी शक्ति एकजुट हुन एमाले महासचिव पोखरेलको आव्हान

इकागज |
फागुन २१, २०७९ आइतबार १५:५४ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेभन्दा बाहिर रहेका सवै वामपन्थीलाई एकजुट हुन आह्वान गरेका छन् । 

यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २४औँ यदु स्मृति दिवस तथा २१औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले वामपन्थी आन्दोलनले देशको स्वाधिनताको रक्षा, विकास र समृद्धिको नेतृत्व, सामाजिक न्याय र जनताका लागि सुरक्षित भविष्य निर्माण गर्ने सक्ने भएकोले वामपन्थी एकजुट हुन आह्वान गरे । 


'सहिदको बलिदानलाई सम्झना गर्दै संकटबाट मुलुकलाई जोगाउनका लागि फेरि पनि देशभक्त, लोकतान्त्रिक शक्तिहरु, सामाजिक न्यायका पक्षधर शक्तिहरु धुव्रीकृत हुन जरुरी छ,' उनले भने, 'विगतमा हामीले नेताको टाउको जोडेर कम्युनिष्ट आन्दोलनलाई बलिायो बनाउने प्रयास गयौ तर असफल भए अब हामी कार्यकर्ताका भावना जोड्न चाहान्छौँ ।'

महासचिव पोखरेलले देश बनाउनका लागि देशभक्ति आन्दोलन, परिवर्तन  सामाजिक न्यायका पक्षमा विश्वास गर्ने, बलियो राष्ट्रिय शक्ति निर्माण गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले गलत मान्यताविरुद्धसबै एकजुट हुन आवश्यक रहेको बताए ।  

नेपालको मौलिक संस्कृतिलाई तहसनहस पार्न थालेको भन्दै त्यस खालको चुनौतीलाई सामना गर्न जसको नेपालको समृद्धि असुरक्षित हुने उनले दाबी गरे । 

एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेलले एमाले बलियो भएमात्रै यदु गौतमको सपना साकार पार्न सकिने बताए ।  

उक्त अवसरमा महासचिव पोरखेलले गोरखापत्र दैनिकका पत्रकार लोकबहादुर चौधरी (लक्की)लाई यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरे ।  

चौधरीले पुरस्कार ग्रहण गर्दै आफूलाई थप जिम्मेवार बनाएको बताए । पुरस्कारको राशि रु २० हजारको छ । विसं २०५३ सालदेखि कैलालीबाट पत्रकारितामा सुरु गर्नुभएका चौधरीलाई कार्यक्षेत्रबाट विस्थापित भए पनि निरन्तर पेसामा सक्रिय रहेकोमा उच्च कदर गरी पुरस्कार दिन निर्णय गरिएको हो । 

यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष यदु स्मृति दिवसको अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ । 

तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव युद गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा विसं २०५५ फागुन २१ मा हत्या गरिएको थियो ।
रासस


Author

थप समाचार
x