प्रचण्डलाई अखिल अध्यक्षको प्रश्नः सरकारमा बसेर कसका विरुद्ध आन्दोलन गर्ने ?
काठमाडौं - नेकपा एमालेनिकट अखिलका अध्यक्ष समिक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आन्दोलनमा उत्रन भन्दा सरकार चलाउन सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन मुद्दामा माओवादीहरूलाई फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रनु पर्ने बताएपछि अखिल अध्यक्ष बडालले सरकारमा बसेर कस्का विरुद्ध आन्दोलन गर्न खोजेको हो ? भनेर प्रश्न गरेका हुन् ।
‘प्रचन्ड आफैं सरकार प्रमुख हुनुहुन्छ तर भाषण गर्दै लाखौं जनता सडकमा उतारेर आन्दोलन गर्छौं भन्नुहुन्छ, कसका विरुद्ध ? आफैं विरुद्ध ? कथित जनयुद्धका नाममा आन्दोलनमा भएको जनधनको क्षति पर्याप्त भएन र ?' बडालले प्रश्न गरेका छन्, ‘ 'तपाईं सरकार चलाउनुस्, राष्ट्रहितविपरीत गरिने काममा खबरदारी र आन्दोलन गर्न हामी छौं ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया