दल

अराजकताको पक्षमा राप्रपा छैन : अध्यक्ष लिङ्देन

इकागज |
फागुन २२, २०७९ सोमबार १९:४४ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरूका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् ।

सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको स्पष्ट पारेका हुन् । उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनताको सुख सुविधाभन्दा सत्ता केन्द्रित बन्न थालेपछिको अवस्था रहेकाले जनता र देशले यस्ता अराजकता व्यहोर्नुपरेको उल्लेख गरे ।


उनले यस्ता गतिविधिमा अराजक क्रियाकलाप गर्नेहरू भन्दा जनताका समस्यालाई अन्देखा गर्ने, समस्याको र अहिलेको अस्थिरताको जगको, जडक‍ा रूपमा रहेका राजनीतिक दलहरू बढी जिम्मेवार हुन आवश्यक रहेको बताए । उनले अराजकता र गलत क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नरहेका भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन नगर्ने प्रतिवद्धता जनाए ।

विगत केही दिन यता व्यवसायी दुर्गा प्रसाईंले सडकमा विभिन्न खालका कार्यक्रम गरी बैंक तथा वित्तीय संस्थाको विरोध र राजसंस्थाको वकालत गर्दै सरकारको विरोध गर्दै आएका थिए । सोही विषयमा राप्रपाले यस्तो स्पष्टीकरण दिएको हो । 


Author

थप समाचार
x