दल

राष्ट्रपति निर्वाचनमा नेमकिपाको भोट एमसीसी खारेज गर्न भूमिका खेल्नेलाई : प्र‍ेम सुवाल

इकागज |
फागुन २३, २०७९ मंगलबार १५:८ बजे

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले राष्ट्रपतिको चुनावमा नेमकिपाको भोट एमसीसी खारेजमा भूमिका खेल्न प्रतिबद्धता जनाउनेलाई दिने बताएका छन् । यसका लागि राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङलाई यही ब्यहोराको चिठी पठाएको उनले बताए । 

उनले राष्ट्रपतिका उम्मेदवारहरूले भोट माग्ने मात्रै नभइ प्रतिबद्धता आवश्यक भएको बताए । दुवै राष्ट्रपतिका उम्मेदवारहरू भोट माग्न मात्रै हिँडेको तर प्रतिबद्धता कुनै नआएको उनले उल्लेख गरे ।


 


Author

थप समाचार
x