दल

प्रधानमन्त्री प्रचण्डलाई मुद्दा चलाउने कुरा गम्भीर विषय हाे : बाबुराम भट्टराई

इकागज |
फागुन २३, २०७९ मंगलबार १५:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका छन् ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा समाजवादी महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले पछिल्लो समय वृहत् शान्ति सम्झौता मर्मविपरीतका कार्यहरू भएको र शान्ति सम्झौताको हस्ताक्षरकर्ता प्रधानमन्त्री प्रचण्डलाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका हुन् ।


उनले आफूहरू अदालतको सम्मान गर्ने भन्दै शान्ति सम्झौता संविधानकै एउटा अङ्ग भएकाले द्वन्द्वकालीन मुद्दाहरूलाई आयोग मार्फत समाधान गर्नुपर्ने जिकिर गरे । द्वन्द्वकालीन मुद्दाहरूलाई निरूपण गर्न विभिन्न आयोग बनेको अवस्थामा केही द्वन्द्वको खेती गर्ने र डलरवादीहरूले शान्ति प्रक्रियाका कामलाई पूर्णता नदिएको उनले बताए ।

भट्टराईले अहिले संविधानमा रहेका महिलालगायतका जनताका अधिकारहरूलाई उल्टाउनका लागि गम्भीर प्रकृतिका षडयन्त्रहरू भइरहेको आराेप लगाए ।

उनले बलिदानी पूर्वक  बनाएको नयाँ संविधानमा रहेका अधिकारहरूमा केही त्रुटी रहेकाले आगामी दिनमा सबैलाई समान अधिकार दिनका लागि संविधान संशोधन आवश्यक रहेको धारणा राखे ।


Author

थप समाचार
x