दल

राष्ट्रपति निर्वाचनका मतदातालाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्न निर्देशन

इकागज |
फागुन २३, २०७९ मंगलबार १६:४५ बजे

काठमाडौं- कांग्रेससहित नौ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका मतदातालाई भाेलि (बुधबार) बिहानसम्म काठमाडौं आइपुग्ने निर्देशन दिएको छ । 

राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहने छन् । उनीहरू बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुग्न र सम्बन्धित दलमा सम्पर्क गर्न निर्देशन दिएको हो । 


मंगलबार बसेको गठबन्धनको कार्यदलको बैठकले मतदातालाई बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुगेर सम्बन्धित दलको सम्पर्क पुग्न निर्देशन दिएको हो । 

गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी आबद्ध छन् । 

उक्त दलले राष्ट्रपति निर्वाचनका लागि गठन गरेको कार्यदलको मंगलबारको बैठकले उक्त निर्देशन दिएका कार्यदलका संयोजक तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । 
 


Author

थप समाचार
x