दल

पौडेलले राष्ट्रपतिमा अत्यधिक मतले जित्ने कांग्रेस उपसभापति खड्काकाे दाबी

इकागज |
फागुन २३, २०७९ मंगलबार १६:५४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ९ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्यधिक मतले जित्ने दाबी गरेका छन् ।

मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ९ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो दाबी गरेका हुन् । उनले आजको बैठकमा २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भएको बताए । उनले राष्ट्रपति निर्वाचनको व्यवस्थापन सम्बन्धिका बारेमा छलफल भएको उल्लेख गरे । उनले गठबन्धनकै बलमा आगामी दिनमा ९ दलीय गठबन्धनलाई व्यापक र विस्तार गर्दै जाने भनाइ राखे ।


बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले आजको बैठकमा गठबन्धनलाई विस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको बताए ।

सरकार विस्तारका बारेमा भने राष्ट्रपति निर्वाचनपछि मात्रै थप कुरा अघि बढ्ने बैठकमा सहभागी नेताहरूको भनाइ छ ।  


Author

थप समाचार
x