दल

द्वन्द्वकाका घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्छ : रमेश लेखक

इकागज |
फागुन २३, २०७९ मंगलबार १७:२१ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसले द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । मंगलबार सिंहदरबारस्थीत संसदीय दलको कार्यालयमा संचारकर्मीसंग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले ५२ देखि ६२ साल सम्मका द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्ने बताउएका हुन् । 

उनले फौजादारी न्यायको सामान्य प्रक्रियाबाट नभई संक्रमणकालीन न्यायकै प्रबन्धबाट द्वन्द्वकालीन मुद्दा हल गर्नुपर्ने धारणा राखे । उनले संक्रमणकालीन न्यायसंग सम्बन्धित ऐनलाई परिमार्जित गरेर विधेयकका रुपमा तत्काल संसदमा पेश गरेर कानुन बनाउनुपर्ने र कानुन अनुसार आयोग गठन गरेर सवै कामलाइ तार्किक निष्कर्षमा पुरार्‍याउनुपर्ने बताए ।  


लेखकले द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै माध्यमबाट सम्बोधन गर्नुपर्छ भन्ने बिषय सर्वोच्चलाइ राम्रोसंग जानकारी भएको बताए । 


Author

थप समाचार
x