रापप्रा केन्द्रीय कार्यसम्पाद समितिको बैठक बस्दै
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राष्ट्रपति निर्वाचनमा कसलाई मत दिनेलगायत विषयमा निर्णय गर्न बैठक बोलाइको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्नेछ । 'राष्ट्रपति निर्वाचनबारे पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भने । उनका अनुसार बैठकमा समसमायिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आवद्ध नेताहरूसँग यसअघि नै छलफल गरिसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया