दल

शेखर पक्षीय नेविसंघ भन्छ : स्ववियुमा न्यायोचित रूपमा टिकट वितरण नभए देशैभर उम्मेदवार उठाउँछौं

इकागज |
फागुन २४, २०७९ बुधबार १९:१६ बजे

काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचन नजिकिएसँगै नेपाल विद्यार्थी संघ (नेविसंघ) काे आन्तरिक विवाद झनै चुलिएको छ । स्ववियु निर्वाचनमा एक हुनुपर्ने नेविसंघमा संस्थापन पक्षले इतर पक्षलाई पेलेरै जान थालेपछि इतरपक्षले छुट्टै भेला बोलाएको छ । डा. शेखर कोइराला पक्षधर विद्यार्थीहरूले बाल्मिकी क्याम्पसमा छुट्टै भेलाको आयोजना गरेका हुन् । 

उनीहरूले स्ववियु निर्वाचन हुने उपत्यकाका ३५ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचनमा टिकट वितरण समान किसिमले नभए छुट्टै उम्मेदवारी दिने निर्णय गरेका छन् । नेविसंघ नेतृ करिना पुरीले संस्थापन पक्षले एकलौटी तरिकाले टिकट वितरण गरे देशै भरका क्याम्पसमा बागी उम्मेदवारी दिने बताइन् । 


भेलाले कुनै खालका अप्राकृतिक गठबन्धनलाई समेत स्वीकार नगर्ने निष्कर्ष निकालेको छ । स्ववियुको निर्वाचन आगामी चैत ५ गते हुँदैछ । तर, नेविसंघ भित्रको आन्तरिक विवाद भने साम्य हुन सकिरहेको छैन । नेविसंघका संस्थापन र इतर पक्षले अलग्गै भेलाको आयोजना गर्दै आएका छन् । 

नेविसंघ केन्द्रमा अध्यक्षको टीका लगाएका डुजाङ शेर्पा मात्रै छन् । उनले कार्यसमिति समेत विस्तार गर्न सकेका छैनन् ।


Author

थप समाचार
x