दल

संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको विधेयक संसद्‍मा दर्ता

इकागज |
फागुन २५, २०७९ बिहीबार १६:४९ बजे

काठमाडौँ- सरकारले संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको विधेयक संसद्‍मा दर्ता गराएको छ ।

मन्त्रिपरिषद्का निर्णय बमोजिम सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मलेमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो ।


दर्ता भएको विधेयक दुई दिनभित्रै सबै सदस्यहरूलाई वितरण गरिने संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । सरकारी विधेयक भएकाले पाँच दिनपछि मात्रै संसद्‍मा पेस हुन सक्ने व्यवस्था गरेको उनले बताए ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति गठन  नभएको अवस्थामा सभामुखले दलहरूसँग परामर्श गरेर प्रतिनिधिसभाको आगामी कुनै बैठकमा विधेयक पेस हुन सक्ने धमलाले बताए ।

यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संघीय संसद्‍मा पेस गर्ने निर्णय गरेको थियो । विधेयकमा आयोगको अवधि २ वर्ष राखिएको छ ।


Author

थप समाचार
x