दल

नयाँ राष्ट्रपतिलाई माधव नेपालको सुझाव : राष्ट्र हितलाई केन्द्रमा राखेरमात्रै काम गर्नु

इकागज |
फागुन २५, २०७९ बिहीबार १८:८ बजे

फाइल तस्बिर

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्र हितलाई केन्द्रमा राखेर मात्रै काम गर्न आग्रह गरेका छन् ।

‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो । उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ । राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन । देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन,’ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार पौडेल निर्वाचित भएपछि नेपालले भने ।


राष्ट्रपति निर्वाचित भइसकेपछि गठबन्धन स्वभाविक‍ रूपमा अगाडि बढ्ने नेपालको प्रतिक्रिया छ ।


Author

थप समाचार
x