दल

माओवादी घटकहरूको बैठक बालुवाटारमा बस्दै

इकागज |
फागुन २६, २०७९ शुक्रबार ७:४३ बजे

काठमाडौँ- माओवादी घटकहरूको बैठक बस्दैछ । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ८ बजे बस्न लागेको सो बैठकमा सशष्त्र द्वन्द्वकालिन मुद्धा तथा संक्रमणकालिन न्यायबारेमा छलफल हुनेछ  ।


सर्वोच्च अदालतले द्वन्द्वपीडितलाई न्यायिक प्रक्रियामा जान रोक्न नहुने भन्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न आदेश दिएपछि माओवादीले त्यसमा असहमति जनाएको छ । सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसरी लिने भन्ने बारेमा छलफल गर्नका लागि माओवादीले बैठक बोलाएको हो ।


Author

थप समाचार
x